
पोखरा । नेपाली सङ्गितिक क्षेत्रमा अर्को एउटा नेपाली पप मेलोडियस गित सार्वजनिक भएको छ ।
जापानमा रहेर नेपाली गितसङ्गित लाई निरन्तरता दिदै आएको “नाकामाज ” ले उक्त गित सर्वजनिक गरेको हो । गीतमा दिवस र रबिको उत्कृष्ट शब्द संगीत र स्वरको संयोजनले प्रेमको गहिराइलाई निकै प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ।
गितको भिडियोको निर्माण भने अर्को प्रोडक्सन ले गरेको छ । भिडियोमा कथा लाई निकै सरल र उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।
रोहन र अश्विनी को अभिनय रहेको भिडियो को निर्देशन रोहनले नै गरेका हुनभने उक्त गित को छायांकन, सम्पादन र रंग सम्योजन अनुप गुरुङ्गले गरेका हुन् । भिडियोको कथा सैलेश साजनको रहेको छ । उक्त गितको भिडियो “Nakamaz” युटुब च्यानलमा हेर्न सकिन्छ भने विभिन्न audio platform मा पनि गित सुन्न सकिन्छ ।