एकराज गिरी/पोखरा, कात्र्तिक १५ गते । हरिवोधनी एकादशीको दिन आज पोखराका धार्मिक स्थलहरुमा भक्तजनहरुको घुइचो लाग्यो ।

हरिवोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । पोखराको पवित्र तिर्थस्थल मानिने सेती नदिको किनार, गाईघाट, रामघाट, क्आइसिङपुल लगायतका नदिमा स्थान गरि फुल ताने भक्तजनहरुको भिड लाग्यो। विहानैदेखि साँझ सम्म फुल चढाउन आउनेहरुको लर्को लागेको थियो । नदि किनारमा भजनचुडका गाएर मनोरञ्जन समेत गरेका थिए ।

पोखराको रामघाटमा हरेक वर्ष जस्तै मेला लागेको थियो । मेला हेर्न तथा फुलतार्न र स्थान गर्न कास्कीका ग्रामिण क्षेत्र लगायत छिमेकी जिल्ला स्याङजा, तनहुँ लगायतका जिल्लाबाट भक्तजनहरुको भिड लागेको थियो ।

आजका दिन ब्रत बसेर फुल तार्दा पृत्री खुशी हुने र मनको इच्छा पुरा हुने भएका कारण रामघाटमा स्थान गर्न आएको सुभद्रा अधिकारीले बताइन् ।

आजको दिन तुलसीको विवाह गरेर स्नान गर्नाले फल प्राप्त हुने विश्वासका कारण व्रत बसेर स्नान गर्न आएको अधिकारीको भनाई थियो । उहाँले सात हजार वर्ष देखि मनाउदै आएको संस्कृतिलाई निरन्तरता र संक्षण गर्नु पनि धार्मिक आस्थालाई जिवन्त राख्नपनि मनाउने गरिएको बताउनुभयो ।

आजका दिन भक्तजनहरु नजिकैको जलासयमा गई स्थान गरि चोखो भई व्रत बसेर भगवान विष्णुको प्रतिक तुलसीको विशेषरुपमा पुजा गरि विहे गरिदिन्छन् । असार शुक्ल एकादशीको दिन व्रत बसेर घरघरमा रोपिएको तुलसीलाई कात्र्तिक शुक्ल एकादशी अर्थात आजको दिन ब्रत बसेर पुजा गरे फल प्रताप्त हुने धार्मिक विश्वास छ ।

पौराणिक कथा अनुसार मुर नामक दैत्यको आतंकबाट मुक्ति दिलाउन विष्णुले ठूलो सर्घष गर्नुपरेको थियो ।यही युद्धको थकानबाट विश्राम लिन बद्रिआश्रमस्थित हिमबती गुफामा गई सयन गरिरहेको अवस्थामा विष्णुको शरिरबाट अत्यन्त सुन्दरी कन्या उत्पन्न भइन् ।

तीनै कन्याबाट कात्र्तिक शुक्ल एकादशीको दिन बध गरिएका मुर नामक दैत्य जमिनमा बजिरएको ठूलो आवाजले बिष्णु सयनबाट ब्युझिएको दिनलाई हरिबोधनी एकादशी भनिएको हो । हरिवोधनी एकादशीको दिन उसिनेको सखरखण्ड, तरुल, फर्सि खाने प्रचलन रही आएको छ ।