काठमाडौं, कात्तिक १६ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत् हिंसा, त्रास र आतङ्कको भाषा भट्याइरहँदा राजनीतिक नेतृत्व र जिम्मेवार निकायको मौनतालाई लिएर प्रश्न उठाउनुभएको छ।

उहाँले लेख्नुभएको छ- ‘ एकाथरिले हिंसा, त्रास र आतङ्कको भाषा भट्याइरहने, आरोप लगाइरहने, अपशब्द र अपमान गरिरहने, व्यवस्था र अमन–चैन कायम गर्ने जिम्मा पाएकाहरू तमासे बनेर रहिरहने, हुल्याहा र अपराधीका सबै हरकतमा मौन रहिरहने, अरूले चुपचाप सहिरहने, शान्त रहिरहनु पर्ने ? यो कसरी हुन सक्छ, महोदय? जवाफ त दिनु पर्ला नि, परेन ?’
रिमालको स्ट्याटसले नेतृत्वको जवाफदेहिता, सामाजिक सहिष्णुता र नागरिकको विश्वासका विषयमा प्रश्न उठाएको छ। उहाँले विभिन्न व्यक्तिहरूले हिंसा र आतंक फैलाउने अभिव्यक्ति दिँदा पनि सरकारले मौन रहेकाेप्रति आपत्ति व्यक्त गर्नुभएको छ। एकाथरिले नियमित रुपमा आरोप लगाइरहने, अपशब्द र अपमान गरिरहने कुरा सैहन नसकिने उहाँले प्रष्ट पार्नु भएकाे छ ।