पोखरा । पोखरा–१५, रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हाइकर्स क्लब नेपालको सहआयोजनामा शनिबार पोखरा न्यूरोडस्थित संगम सहकारीको सुगम सेवा केन्द्रको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी मेडिकल कलेजका एशोसियट प्रोफेसर डा. हरिबहादुर केसीले पहिलो रक्तदाता पर्यटन व्यवसायी नितिन शेरचनलाई सहभागिताको प्रमाणपत्र प्रदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले रक्तदान गर्नु भनेको सागको वोटबाट एक पात टिप्नु जस्तै भएकोले योग्य व्यक्तिले नियमित रक्तदान गर्न सुझाव दिएका थिए ।
सो अवसरमा संगम साकोसका सल्लाहकार संयोजक निरज थापाले संगम सहकारीले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्य बहन गर्दै विभिन्न संघ संस्थाहरुसंग मिलेर कार्यक्रमहरु गर्दै आई रहेको वताए ।हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले सहकारीसंग सहआयोजकको भूमिका निर्वाह गर्न पाउँदा खुशि लागेको वताउदै आगामि दिनहरुमा पनि सहकार्य गर्न इच्छुक रहेको वताए ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिका दितिय उपाध्यक्ष सागर कार्की, दरबारथोक टोलविकास संस्थाका अध्यक्ष मिलन केसी, चण्डिका आमा समुहकी अध्यक्ष विना श्रेष्ठ, सहकारीका लेखा संयोजक भोविन्द्र गिरी लगायतले वोलेका थिए ।संगम साकोसका अध्यक्ष नबराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तीलक थापाले र संचालन क्लबका सचिव मधु अधिकारीले गरेका थिए ।