पाेखरा,मंसिर ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई गएराति जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंले ७ मंसिरमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।