मेजर लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ पुरस्कृत भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव एमबी आस्था र पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङले आज उनलाई सम्मान प्रदान गरेका हुन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार गुरुङलाई प्रदान गरिएकाे हाे । कार्यक्रममा एमबी आस्था, पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङ लगायतले बाेलेका थिए । कार्यकम फाेनिज कास्कीका अध्यक्ष बिनु मगरकाे अध्यक्षतामा भएकाे थियाे भने सचिव देविका घर्तिले गरेकी थिइन ।
गुरुङले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनी एफएम रेडियो हुँदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन् ।