नवप्रवेशी कर्मचारीको सेवा प्रवेश तालिम

पाेखरा ।गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारीस भइ स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुको लागी सेवा प्रवेश तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिषठानको आयोजना मंसीर १४ गते बाट संचालित सेवा प्रवेश तालीमको समापन समारोह प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेंद्रबाबू तिवारीको अध्यक्षता एव गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डूराज घिमिरेको प्रमुख आथित्यतामा राष्ट्रीय परीक्षा बोर्डको सभाहलमा सम्पन्न भएको हो ।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख आतिथि घिमिरे प्रदेश निजामती सेवाको शान ,सेवा प्रवाहमा कुशलता एव पारदर्शिता कायम गर्नुमा रहने बताउदै स्थानीय तहमा जनताले आशा राखेको औल्याउदै सेवा प्रवाह सुधारमा यो तालीम सहयोगी बन्ने कुरा बताएका थिए ।

 

प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले स्वागत एव कार्यक्रमको समिक्षा प्रस्तुत गरेको समारोहको संचालन प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गरेका थिए भने राष्ट्रीय परीक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख भाष्कराज पन्त सहभागीको तर्फबाट प्रतिक्षा डुम्रे पराजुली र कुबेर जंग मल्लले आफ्ना अनुभव सेयर गरेका थिए ।

 

कुल ७२ जना सहायकस्तर चौथो र पाचौ तहका प्रशासन तर्फका कर्मचारी सहभागी पाच दिन सम्म संचालित सेवा प्रवेश तालिम सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाको हल र रास्ट्रिय परीक्षा बोर्डको हलमा संचालन भएको थियो ्र
स्थानीय तहका कर्मचारीको लागी दैनिक काममा सहजता ल्याउने गरी व्यवहारीक कक्षा संचालन गर्नुका साथै स्थानीय तहको काम कर्तव्य अधिकार ,खरीद प्रक्रीया ,बजेट निर्माण एव व्यवस्थापन ,विकास योजना ,भवन निर्माण मापदण्ड ,योजना अनुगमन मुल्यांकन ,जिन्सी व्यवस्थापन ,अभिलेख व्यवस्थापनका विषयवस्तुमा सहजीकरण गरीएको प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ्र प्रशासन तर्फका नब प्रवेशी सहायकस्तर कर्मचारीहरु प्रशासनिक ज्ञान संगै प्राविधिक ज्ञान पनि हुनु जरुरी भएकोले प्रविधिक विषयवस्तुलाई समेत ध्यानमा राखि अभ्यासको मार्फत प्रशिक्षण गरिएको तालिमका संयोजक तथा व्यवस्थापन इ। मनोज पौडेलले बताए ।

 

प्रतिष्ठानको आयोजनामा यही मंसीर २१ गते देखी प्राविधिक चौथो र पाचौ तहका कर्मचारीको सेवा प्रवेश तालिम संचालन गर्न लागेको प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले बताएका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...