साफ यु–१९ महिला च्याम्पियनसिप माघ १५ गतेदेखि पोखरा रंगशालमा हुने

पोखर ।साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल पोखरा पहिलोपटक पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले च्याम्पियनसिप आगामी माघ १५ (जनवरी २९) देखि पोखरामा हुन लागेको जानकारी दिए ।

सोहि प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मंगलबार पोखरा रंगशालाको अवलोकन गरेका थिए ।

 

अवलोकनपछि च्याम्पियनसिप माघ १५ गतेदेखि गर्ने निर्णयमा पुगेको एन्फा महासचिव राईले जानकारी दिए । एन्फाले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन ागर्न लागेको राईले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...