लेखनाथ, २५ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन ।

हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन ।
‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले यस क्षेत्रका विभिन्न जातजाती र समुदायले कति अपनत्व महशुस गर्दारहेछन भन्ने देखाउँछ भने अर्को कुरा फरक फरक जातजाती र समुदायहरुलाई एकैथलोमा उतारेर महोत्सवले उनीहरुको मौलीक रितिरिवाज, रहनसहन र संस्कार–संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक श्रेष्ठले भने ।
लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा देख्न, हेर्न नपाईने उनको दावी छ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको विशिष्ट पहिचान बनेको संयोजक श्रेष्ठ वताउँछन ।
महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । झाँकी र्यालीलाई महोत्सवस्थलभित्रै व्यवस्थीत गर्ने योजना बनाईएको छ भने झाँकी तर्फ र र्याली तर्फ छुटृाछुटृै पुरस्कृत समेत गरिने भएको छ ।
झाँकीतर्फ प्रथम, द्धित्तीय, तृतीय र सान्त्वनालाई क्रमश नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्यालीतर्फ प्रथम, द्धित्तीय र तृतीयलाई क्रमश नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना हुने १० समुहलाई नगद रु २ हजार प्रदान गरिनेछ । यसरी झाँकी र्यालीमा सहभागी हुन चाहने समुहले यहि मंसिर २८ गतेभित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।