पाेखरा, मंसिर २९ गते ।गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा विभिन्न किसिमका सुरक्षा चुनौती र व्यवस्थापकीय चुनौतीहरु सामना गर्नुपर्ने हुनसक्ने बताएका छन ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीकाे उदघाटन गर्दै उनले राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याउनु भएको बिषय प्रति सरकार गृह प्रशासनले कार्यगरिरहेको समेत बताए ।
उनले राजनीतिक दलहरुसंगको वार्ता र संवादको समेतको विषयमा सरकार जिम्मेवार, संवेदनशील र त्यतिकै उत्तरदायी रहेकाे र सरकार बार्ता सम्बाद र छलफलका लागि खुला रहेको बताए ।
उनले फरार कैदी बन्दीका सम्बन्धमा कुल फरार कैदी मध्ये ठुलो संख्यामा करिब करिव ७० प्रतिशत कैदी बन्दी फिर्ता आईसकेको र बाँकी पनि आउने क्रममा रहेको र यसका लागि गृह प्रशासनले काम गरिरहेको स्पष्ट पारे ।
गृहमन्त्री शर्माले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने पवित्र मनसायका साथ भएको Zen Z युवाहरुको जन आन्दोलनको जगमा वर्तमान सरकार निर्माण भएकाे बताउदै सरकार निर्माण भए पछि मूलतः शान्ती सुरक्षाको प्रत्याभूति सहित तत्कालिन स्थितिको सामान्यीकरण, तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी सुशासन कायम गर्ने मूख्य ध्येयका साथ सरकार गठन भएको सर्वविदितै भएकाे बताए ।
उनले स्वतन्त्र विश्वसनीय निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकिकृत सुरक्षा योजना, २०८२ स्विकृत भई सोहि बमोजिम कार्य भईरहेको व्यहोरा समेत बताए ।
यहाँहरुलाई व्यवसायिक, स्वतन्त्रतता र स्वायत्तता प्रदान गरे सँगै हामीले त्यसको मूल्यांकनका लागि निगरानी भने बढाएका छौं, अझै बढाउँछौं ।
लोकतन्त्रको अभिन्न अंग विधीको शासन र स्वतन्त्र निर्वाचन हो । निर्वाचनबाट भाग्ने, निर्वाचन हुदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतै बाट पनि गर्नु र गराउनु न्यायोचित हुने छैन उनले भने यो सरकारको निर्माण नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप भएको हो।