काठमाडौं । नेपालका ६ मध्य ४ महानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा उपमेयरमा एमालेले जितेको छ । काठमाडौं महानगरमा सुनिता डंगोल, ललितपुरमा मञ्जली शाक्य बज्राचार्य, विराटनगरमा शिल्पा कार्की निराला र पोखरा महानगपालिकामा मञ्जुदेवी मञ्जु गुरुङले जितेका छन । चार मध्य पोखरा महानगरमा मञ्जु गुरुङ दोश्रो पटक उपमेयर जितेकी हुन् । यति बेला एमालेको ११ औँ महाधिवेशन काठमाडौको भृकुटी मण्डपमा जारी छ । महाधिवेशनमा आज उम्मेदवारी दर्ता भैरहेको छ ।

देशभरका ६ महानगर पालिकामध्ये ४ वटामा उपमेयर जितेको नेकपा एमालेले सबै निर्वाचित उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका हुन । तीन जना पहिलो पटक उम्मेदवार बन्दा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ दोस्रोपटक केन्द्रीय सदस्य उम्मेदवार बनेकी हुन् ।
काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुरकी मञ्जली शाक्य बज्राचार्य र विराटनगरकी शिल्पा कार्की निराला पहिलोपटक उम्मेदवार बनेका हुन् । सुनिता केन्द्रीय स्थानीय विभागकी सदस्य हुन् भने मन्जली ललितपुर जिल्ला कमिटी उपसचिव हुन् ।शिल्पा कार्की भने मोरङको अधिवेशनमा उपसचिव उम्मेदवार बनेर पराजित भएकी थिइन् ।