एकराज गिरी/पोखरा ।“लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ २१ औँ संस्करणको लेखनाथ महोत्सव–२०८२ यहि पुस ३ गतेदेखि १४ गतेसम्म पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनाक, तालचोकमा आयोजना हुने भएको छ ।

महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले आज महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । स्टेज, स्टल निर्माण लगाएका काम अन्तिमचरणमा पुगेको छ भने अन्य तयारी पुरा भएको आयोजकले जनाएको छ ।

वर्तमान आर्थिक तथा सामाजिक चुनौतीपूर्ण अवस्थाबीच पनि व्यवसायी र आम नागरिकको खस्किएको मनोबल उच्च बनाउने, स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले बताइन् । महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको आवश्यकताको सहज मिलनस्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको उनको भनाई छ ।

महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, खाद्यान्न, फेन्सी, कस्मेटिक, विद्युतीय सामग्री, फर्निचर, भान्साका सामग्री, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रविधि, पर्यटन प्रवद्र्धन, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी तथा वित्तीय सेवासम्बन्धी स्टलहरू रहनेछन्। साथै लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, बीउबिजन, दुग्ध उत्पादन, तरकारी तथा जैविक विविधताको प्रदर्शनी हुनेछ संघका अध्यक्ष पराजुलीले दिइन् ।महोत्सवमा आकर्षणको रुपमा कृषि, पर्यटन, र उद्योगका विषयमा विजनेष टक सो, टिकटक प्रतियोगिता, शान्तिका दुत गौतमबुद्धको प्रतिमा जलपरि, घरेलु तथा ग्रामिण प्रविधि प्रर्दशनी, महिला विशेष रत्यौलि गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रर्दशनी, स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन, साहित्यीक कार्यक्रम, विभिन्न जातजातीहरुको रितिरिवाज तथा सास्कृति झल्कने कार्यक्रम रहेका छन् । त्यस्तै ख्याती प्राप्त हास्यब्यंग्य कलाकाहरुको दैनिक प्रस्तुती, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, युवा दर्शकहरुको मनोरञ्जनका लागि सुगम संगीत तथा पप कन्र्सट रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
महोत्सवको करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी र ८५ लाख खर्च भई १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको उपाध्यक्ष भटराईले बताए । बचत रकम नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माण, पर्यटन प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जानकारी द्धितिय उपाध्क्ष एवं महोत्सव प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक ध्रुवबाबु भटराईले जानकारी दिए ।
महोत्सवमा ३३५ स्टल रहने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव र सफल सञ्चालनका लागि १० सदस्यीय निर्देशक समिति, ५४ सदस्यीय उपसमिति संयोजक, ७० सदस्यीय कार्यसम्पादन समिति, ७० सदस्यीय सल्लाहकार समिति, १५० सदस्यीय मूल समारोह समिति सल्लाहकार तथा करिब ८०० सदस्यीय मूल समारोह समिति गठन गरिएको आयोजके जनाएको छ ।
टिकट दर विद्यार्थीका लागि रु ५०, साधारण दर्शकका लागि रु १०० र कन्सर्टका लागि रु २०० तोकिएको छ। जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता कार्डका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइने भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुन लागेको महोत्सव उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा तथा पोखरा महानगरपालिका कार्यालय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चालन हुनेछ भने विभिन्न संघ–संस्थाको सहयोग र सहभागिता रहने आयोजकले जनाएको छ।