पाेखरा ।चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैठौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले सन्तोष बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्ष पदमा सुरक्षा श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा प्रेम थापा, विनीता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आशिष पुरी र मिलन थापालाई चयन गरेको छ ।