जानकी माविका विद्यार्थीलाइ न्यानो कपडा

गण्डकी, पुस । स्वान्त सुखाय परोपकार संस्थाले जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो पोषाक वितरण गरेको छ । विद्यालयका नर्सरी र कक्षा एकका २७ जना वालवालिकालाई टिसर्ट सहितको ट्रयाकसुट सेट वितरण गरिएको हो ।


विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले बढ्दो जाडोको मौसममा वितरण गरिएको स्कूलको पोषाक सहितको न्यानो कपडाले बाबुनानीको स्वास्थ्यमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गनुभयो ।

सामुदायिक विद्यालयमा भौतिक लगायत आवश्यक संरचना र योग्य शिक्षक भएपनि शैक्षिक गुणस्तर कायम हुन नसकेको बताउँदै त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक प्रयासको खाँचो औल्याउनुभयो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सिता काप्mले भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तुलसी गिरी लगायतले वालवालिकालाई पोषाक वितरण गर्नु भएको थियो । वितरण समारोहमा प्रत्येक विद्यार्थीका अभिभावकको सहभागिता रहेको थियो ।

सो संस्थाले पोखरा विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा विपन्न वर्गका विरामीलाई उपचार सहयोग, वालश्रम न्यूनिकरणका लागि विद्यालय सञ्चालन गरेर ७० जना वालवालिकालाई पठनपाठनमा जोड दिंदै आएको छ भने त्यस्ता वालवालिकाका अभिभावकलाई समेत सचेतिकरण कार्यकक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...