उद्यमी संघ कास्कीको अध्यक्षमा एलिना बराल

पाेखरा ।महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा एलिना बराल चयन भएकी छन् । संघ, कास्कीको पोखरामा बुधबार भएको दशौं साधारण सभा तथा छैटौं अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित बराल निवर्तमान प्रथम उपाध्यक्ष हुन् ।

अधिवेशनले संघ, कास्कीको प्रथम उपाध्यक्षमा बालकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा रुपा गुरुङ, महासचिवमा वसन्ती खत्री र कोषाध्यक्षमा जमुना पराजुलीलाई चयन गरेको छ ।

 

त्यस्तै, सदस्यहरुमा ऋतु घले र लक्ष्मी अधिकारी बास्तोला चयन भएका छन् । थप दुई जना भने पछि मनोनित गरिने निवर्तमान अध्यक्ष शारदा बराल (सरु)ले जानकारी दिईन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...