मादी गाउँपालिका–११ बरालडाँडामा माघेसंक्रान्ति मेला सम्पन्न

पाेखरा ।मादी गाउँपालिका वडा नं. ११ स्थित बरालडाँडा भगवती बजारमा आयोजित माघेसंक्रान्ति मेला सफलतापूर्वक सम्पन्न भएको छ। माघ १ गतेदेखि सुरु भएको मेला दुई दिनसम्म सञ्चालन भएको थियो।

 

मेलाको उद्घाटन गर्दै मादी गाउँपालिका अध्यक्ष देविजंग गुरुङले संघीय शासन व्यवस्था लागू भएपछि मादी गाउँपालिकामा उल्लेखनीय विकास भएको उल्लेख गर्नुभयो। उहाँले मादी गाउँपालिका संघीय संरचनामा पहाडी लोकमार्गको मेरुदण्डका रूपमा रहेको बताउँदै स्थानीय सरकारले पुराना संस्कृति, कला र परम्परा जोगाउन विभिन्न मेला–महोत्सवलाई आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो।

 

पालिकाले यस वर्ष भगवती मेलाका लागि १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको र आगामी वर्ष पनि यस्तै सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष गुरुङले गाउँ–गाउँमा विकास भए पनि मानिसहरू बजार केन्द्रित हुँदै गएकाले गाउँमै फर्केर बस्न मादीवासीलाई आग्रह गर्नुभयो।

 

कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष केशबहादुर कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य बरालडाँडा तमु समाज सेवा समिति अध्यक्ष जुमप्रसाद गुरुङले दिनुभएको थियो।
मेलाअन्तर्गत विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका थिए।
ठेलो हान्ने प्रतियोगितातर्फ सुन्दाबजार–३ का निसान परियार प्रथम भई नगद रु. २०,००० तथा प्रमाणपत्र प्राप्त गर्नुभयो भने मादी–११ तल्लो साप्लेका रोशन गुरुङ द्वितीय भई रु. १०,००० नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो।

 

वडा स्तरीय भलिबल प्रतियोगितामा सुक्लागण्डकी–१२ प्रथम भई नगद रु. १,००,००० (एक लाख) सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने अन्नपूर्ण–१० घान्द्रुक द्वितीय भई रु. ६०,००० नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
बेस्ट स्पाइकरको उपाधि सुक्लागण्डकीका ईश्वर विकले हात पार्दै नगद रु. ५,००० सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो।
भजन प्रतियोगितातर्फ पञ्चासे भजन समूह प्रथम, थुम्सिकोट भजन समूह द्वितीय र लिपेनी भजन समूह तृतीय भए। प्रथमले रु. ४०,०००, द्वितीयले रु. २५,००० र तृतीयले रु. १५,००० नगद पुरस्कार प्राप्त गरे।

 

समापन समारोहमा बोल्दै वडा नं. ११ का अध्यक्ष चलचित्र गुरुङले मेला अवलोकन गर्न आउनु भएका सम्पूर्ण महानुभावप्रति धन्यवाद व्यक्त गर्नुभयो। भगवती मेला लामो ऐतिहासिक महत्व बोकेको मेला भएकाले यसको प्रचार–प्रसारमा वडाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो।

 

क्लबका सचिव अनिल कार्कीले मेला सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाप्रति आभार व्यक्त गर्दै आगामी वर्ष पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...