अन्नपूर्ण गाउँपालिकामा विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलनबारे अन्तरक्रिया

कास्की  । अन्नपूर्ण गाउँपालिका, कास्कीमा विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलनका लागि महत्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य अन्नपूर्ण गाउँपालिका अन्तर्गत विद्यालय नजाने, बीचमै पढाइ छोडेका (ड्रपआउट) तथा शिक्षाबाट वञ्चित बालबालिकाहरूको यथार्थ तथ्यांक संकलन गर्नु रहेको थियो। यस उद्देश्यका लागि सामुदायिक सिकाइ केन्द्रहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको हो।


अन्तरक्रिया कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, शिक्षासँग सम्बन्धित व्यक्तिहरू तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष  विष्णुबहादुर केसीले गर्नुभएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भन्नुभयो, “शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो। कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ हामी सामुदायिक स्तरमै सक्रिय हुन आवश्यक छ। यो तथ्यांक संकलनले लक्षित समूह पहिचान गर्न र उनीहरूका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार तयार गर्नेछ।”

 

अन्नपूर्ण गाउँपालिका शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ। यस किसिमका कार्यक्रमले पालिकाभित्रका बालबालिकाको शैक्षिक पहुँच र गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...