काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजलाई नेपाली जनताका लागि विशेष दिनको रूपमा उल्लेख गर्दै आशा र भविष्यप्रति विश्वास व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले हराएका र भत्किएका सपनाहरूलाई पुनः जागृत गर्दै सुन्दर भविष्य निर्माण गर्ने यात्राको आजबाट सुरुआत भएको बताएका छन्। उनले नेपाली जनतामा अटुट विश्वास व्यक्त गर्दै भनेका छन्, “हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ।”
उनले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने संकल्प व्यक्त गर्दै सबैलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन्। सन्देशको अन्त्यमा उनले “हामी नेपाली सबैको जय होस्” भन्दै राष्ट्रिय एकता र साझा यात्राको आवश्यकता औँल्याएका छन्।
अध्यक्ष ओलीको यस सन्देशलाई समर्थकहरूले आशा, उत्साह र प्रेरणाको रूपमा लिएका छन्।