पोखरा, १५ माघ ।होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो ।

पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।
लामो समय देखी पोखराको पर्यटन व्यवसायमा पौडेल संलग्न छन् । पहिलो रेष्टुरेष्ट व्यवसायबाट शुरु गरेका पौडेलले अहिले रेष्टुरेष्ट र होटल सञ्चालनमा छ । उनले चिल्ली बार एण्ड रेष्टुरेष्टबाट व्यवसायीक यात्रा थालेका थिए ।
उनका हाल ३६० स्काइ लाउन्च, हिमालयन ग्लोरी इन्, हिमालयन गेष्ट हाउस, टेम्पल बेल बुटिक होटल एण्ड स्पा लगाएतका व्यवसाय छन् । उनलाई भाई भिष्म पौडेलले साथ दिर्दै आएका छन् । हाल रेवान पोखराका अध्यक्ष रहेका विश्वराज पौडेल विभिन्न सामाजिक संस्था र निजी क्षेत्रका विभिन्न संस्थामा काम गरेको अनुभव छ । उनले हाल १ सय ३५ जनालाई रोजगारी दिएका छन् ।
यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरे, टेम्पल ट्रि का सञ्चाल बसन्त गौतमलाई सम्मान गरी सकेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनका लागि नेपालको नै सिकाइ स्थल रहेको बताए । उनले पर्यटन विकास र प्रवद्र्धन गर्न पोखराले ल्याउने कार्यक्रम अन्यत्र भन्दा नयाँ हुने गरेको बताए । उनले त्यस्तै मध्येको होटल एक्जुकेटिभ क्लब पनि भएको बताए । उनले पर्यटनको विकासका लागि पर्यटन बोर्ड लागि परेको बताए । उनले पोखरा विमानस्थललाई सञ्चालनका लागि पनि बोर्डले प्रयास गरेको बताउदै त्यसका लागि निजी क्षेत्र सँग सहकार्य गरेर अगाडी बढेको बताए ।
कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन व्यवसायमा लागनी बढ्दै गरेको बताए । उनले नेपाली परम्परालाई विदेशी पर्यटक सम्म पु¥याउनका लागि स्वागत सत्कारको परम्परालाई छाड्न नहुने बताए ।
कार्यक्रममा सम्मानीत भएका विश्वराज पौडेलले पोखरामा होटल, रेष्टुरेण्ट थपिए पनि त्यसलाई आवश्यक जनशक्तिको अभाव रहेको बताए ।
कार्यक्रममा बसन्त गौतम, क्लबका अध्यक्ष राजकुमार केसी, संयोजक तुलसी लामिछाने, संचालक माधब बराल लगातले सेवामा गुणस्तरीता दिने उद्देश्यका साथ क्लब अगाडी बढ्नु पर्ने बताए ।