रुपाका स्थानीय भन्छन्, ‘लोकतन्त्र जोगाउन नेकपाले जित्नैपर्छ’

पोखरा, माघ १९ ।नेपाली कम्युनिष्ट पार्टीबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ रुपा गाउँपालिकाका मतदाताको घरदैलोमा पुगेका छन् ।

सोमबार उनले रुपा ७ हंशपुरका स्थानीयसंग उनले भेटघाट गरेका हुन् । भेटघाटका क्रममा स्थानीयले राष्ट्रिय राजनीति र स्थानीय स्तरमा हुन नसकेको विकास निर्माणको बारे खुलेर बोलेका छन् ।

 

स्थानीय ७० वर्षीय बलराम सुवेदीले जेनजी आन्दोलन पछि दुई पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपालले राम्रो भूमिका खेल्दा लोकतन्त्र जोगिएको बताए । उनले तत्कालिन सत्तामा रहेका एमाले र कांग्रेसको भूमिकाका कारण देशमा समस्या आएको बताउँदै उनले अबको निकास नेकपाले मात्रै दिन सक्ने निश्कर्ष सुनाए । ‘नयाँहरुले अहिलेको पस्थिति पार लगाउन सक्दैनन् । कांग्रेस एमालेले देशलाई यो अवस्थामा ल्याए । अब यहाँहरु (नेपाली कम्युनिष्ट पार्टी) को विकल्प देखिएन । भोट यहाँहरुलाई नै दिने हो’ उनले भने ।

 

अर्का ७० वर्षीय कृष्णप्रसाद सुवेदीले आफ्नो गाउँ विकास निर्माणमा पछि परेको भन्दै दोवानखोला पुल बने र काउरे–धारापानी बाटो निर्माण भए स्थानीयले धेरै सुविधा पाउने बताए । नेकपा उम्मेदवार राजकाजी गुरुङ अनुभवी र जनतासंग भिजेको नेता भएकाले आफूहरुका अपेक्षा पूरा हुने आशा र भरोसा रहेको उनको भनाई थियो ।

 

स्थानीयका गुनासा टिप्दै उमेदवार राजकाजी गुरुङले आफू यस अगाडि कास्की १ को जनप्रतिनिधि नभएपनि विकास र योजनामा साथमै रहेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारमा वर्षमान पुन अर्थभन्त्री भएका बेला उनको सल्लाहकार भएरै काम गरेको र कास्की १ मा विभिन्न योजना ल्याएको स्मरण गराए । आफू जस्तोसुकै परिस्थितिमा पनि जनताको साथमा रहने बाचा गरेका उनले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र आफूलाई हेरेर तारा चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।

 

उम्मेदवार गुरुङ सोमबार रुपा गाउँपालिका स्थित वडा नम्बर ७ र वडा नम्बर १ का विभिन्न स्थानमा नेकपाका नेता गण्डकी इञ्चार्ज श्रीनाथ बराल, समानुपातिक उम्मेदवार सोमती गुरुङ, दिलकुमारी पन्तलगायतका नेता तथा कार्यकर्ताको साथमा घरदैलामा पुगेका छन् ।

 

केही निष्क्रिय व्यक्ति अन्य पार्टीमा प्रवेश गर्दा नेकपालाई असर पर्दैन ः संयोजक हमाल

पोखरा, १९ माघ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही निष्क्रिय व्यक्ति अन्य राजनीतिक दलमा प्रवेश गर्दा पार्टीलाई कुनै असर नपर्ने नेकपा कास्कीका संयोजक खड्ग हमालले दाबी गरेका छन् ।
उनले लामो समयदेखि पार्टी गतिविधिमा निष्क्रिय रहेका केही व्यक्तिले अन्य दल रोज्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई लिएर अनावश्यक भ्रम फैलाउनु आवश्यक नभएको जिकिर गरे ।

सामाजिक सञ्जालमार्फत अनावश्यक हल्ला फैलाइरहेको भन्दै संयोजक हमालले यसले नेकपाको संगठन, नीति र जनआधारमा कुनै प्रभाव नपर्ने स्पष्ट पारे । निर्वाचन नजिकिँदै गर्दा केही व्यक्तिले व्यक्तिगत स्वार्थ वा ठूलो जिम्मेवारी पाउने अपेक्षामा पार्टी परिवर्तन गर्नु सामान्य राजनीतिक प्रवृत्ति भएको बताउँदै उनले यस्ता गतिविधिबाट नेकपा विचलित नहुने दृढता व्यक्त गरे । नेकपामा निष्क्रिय रहेका नेताहरु शिव आचार्य, झपिन्द्रराज रेग्मी लगायतका केही व्यक्ति सोमबार एमालेमा प्रबेश गरेका छन् ।

 

कास्की २ मा घरदैलो सुरु

 

कास्की क्षेत्र नम्बर २ मा (नेकपा)का उम्मेदवार किरण थापा (आमोद)ले घरदैलो सुरु गरेका छन् । पोखरा २१ को दम्सादीबाट उम्मेदवार आमोदले सोमबारदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

 

उम्मेदवार आमोद सहितको टोली सोमबार पोखरा २१ को मासपाटन, फेदीपाटन, द्वार, साम्मी मैदान, चिलाउने खर्क, थाप्ले तिलाहारसम्म घरदैलो गरिएको नेकपा कास्कीका संयोजक एवं कास्की क्षेत्र नम्बर २ (नेकपा) का निर्वाचन परिचालन क्षेत्र नम्बर २ का संयोजकसमेत रहेका हमालले उल्लेख गरे ।

स्थानीयले सडक तथा पुल लगायतका भौतिक संरचनामा बिषेश ध्यान दिन उम्मेदवारसमक्ष आग्रह गरेका छन् । पोखराका ११ वटा वडामा बैठक भएसँगै सोमबारदेखि सुरु भएको निर्वाचन घरदैलो कार्यक्रममा फागुन ३ गतेसम्म घरदैलो कार्यक्रम चलाउने तयारी छ ।

अधिकांश वडामा कार्यालयसमेत स्थापना गरिएको छ भने मंगलबार पोखरा २० मा घरदैलो कार्यक्रम हुने भएको छ । फागुन ४ गते पछि पार्टीको झण्डासहित थप तामझामका साथ चुनावी प्रचार अभियानमा लाग्ने भएको संयोजक हमालले जनाए ।

 

विध्वंशको आमन्त्रण गर्ने र विध्वंश मच्चाउनेलाई पराजित गर्न पनि नेकपाले जित्नुपर्छ ।

पोखरा, १९ माघ

नेकपाले कास्की क्षेत्र नम्बर ३ का विभिन्न वडाहरुमा वडा सम्पर्क कार्यालय तथा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

 

नेकपाले कास्की ३ का उम्मेदवार गोपाल गिरीको उपस्थितिमा सोमबार अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा वडा सम्पर्क कार्यालय स्थापना गरेको हो । नेकपाले वडा नम्बर १ र २ को नागडाँडामा छुट्टाछुट्टै र ४ को सल्यानमा वडा सम्पर्क कार्यालय स्थापना गरेको हो ।

 

त्यस्तै, नेकपाले पोखरा–६ मा रमेश पहारीको संयोजकत्वमा १५१ सदस्यीय वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

 

कार्यक्रममा बोल्दै उम्मेदवार गोपाल गिरीले अहिलेको संक्रमण कालको अन्त्यका लागि नेकपाले जित्न अपरिहार्य रहेको बताए । गिरीले भने,‘विध्वंश आमन्त्रणको वातावरण बनाउने र विध्वंश मच्चाउने दुबै राष्ट्रघाती हुन् । उनीहरुले जित्नु भनेको देश बर्बाद हुनु हो । त्यसैले उनीहरुलाई पराजित गर्न नेकपाले जित्नुपर्छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...