नागरिकको  जमिन र आबासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्छु- एमाले उम्मेदवार आचार्य

पोखरा ।आशन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र  न २ बाट ने क पा ( एमाले ) को उम्मेदवार रश्मि आचार्यलेसंविधानले प्रदान गरेको जमिन र आबासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरेका छन।

आफ्नो निर्वाचन  क्षेत्रमा  पोखरा महानगर पालिका वडा न ७ का जनतासंग  टोल टोल र बस्ती पुगेर आगामी कामका सम्बन्धमा सुझाव लिने क्रममा सो वडाका भुमिहिन जनताका सुझाव र गुनासा संकलन गर्दै सो कुरा बताएका हुन ।
उम्मेदवार आचार्यले भुमिहिनको समस्या आफ्नो पार्टीlले पहिचान सहित समाधान गर्ने योजना बनाएको र सो कुरा विभिन्न राजनितीक कारणले अपुरो हुन पुगेका  अभियान पूरा गर्ने उल्लेख गरे।संविधानले सुनिस्चित गरेको मौलिक हकमा जमिन र आबासको  अधिकार कार्यान्वयन गर्न आबाज बुलन्द गर्ने भन्दै  जे बोल्छु त्यो गर्छु ,आचार्यले भने। ।

 

बिश्वासको मतमा संकट पैदा गर्दिन गौरवशाली कार्य गर्न कटिबद्ध छु,दीर्घकालीन बिकासको लागि जनसहभागितामा योजना निर्माणका लागि प्रभाबकारी नीति तथा कानुन निर्माण गर्न भुमिका सहित क्षेत्र र स्थानीय बिकासका उदाहरणीय  काम गर्ने बताए ।
सो अबशरमा स्थानियहरूले भुमिहिनको समस्या समाधानका लागि ब्यबस्थित र ब्यबहारिक   कार्ययोजना एमाले सरकार ले नै शुरूवात गरेको  आफुहरू स्पस्ट भएको कुरा  व्यक्त गरेका छन।
जनता र राष्ट्र बिकासको स्पस्ट  नीति ,योजना र खाका एमाले संग भएको प्रतिक्रिया दिदै स्थानीयले साथमा साथ मिलाउने प्रतिबद्धता समेत जनाएका छन।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...