विद्यालय पुस्तक समीक्षा प्रतियोगितामा महेन्द्र माविकै करुणा बाँस्तोला प्रथम

सूर्य बास्तोला/पोखरा, २० माघ । महेन्द्र माध्यमिक माध्यमिक विद्यालय पोखरा २० भलामको आयोजनामा सामुदायिक विद्यालय क्लष्टर कास्की अन्तर्गतका विद्यालय (कक्षा ९–१२) स्तरीय पुस्तक समीक्षा प्रतियोगिता सोमवार सम्पन्न भएको छ ।

पुस्तक समीक्षा प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेम प्रसाद आचर्याले शैक्षिक क्षेत्रमा महेन्द्र मा.वि.ले गर्दै आएका हरेक क्रियाकलाप उत्कृष्ट भएको बताउनुभयो । नमिलेका कुरा मिलाउँदै भाइचाराको सम्बन्ध कायम गरी शिक्षा क्षेत्रमा थप फट्को मार्न समेत विद्यालयलाई सुझाव दिनुभयो ।

 

कार्यक्रममा विशेष अतिथि वडा सदस्य मीना पौडेल, सामुदाियक विद्यालय क्लष्टर संयोजक केशव अम्गाइँ लगायतले यस्ता खालका प्रतियोगिताले विद्यार्थीको पठनपाठनमा थप टेवा पुग्ने बताउनुभयो ।

 

क्लष्टर विद्यालय कुल १५ रहेता पनि १० वटा विद्यालयको प्रतियोगितामा सहभागिता जनाएका थिए । विद्यालय स्तरीय पुस्तक समीक्षामा महेन्द्र मावि भलामको कक्षा ११ मा अध्ययनरत छात्रा करुणा बास्तोला प्रथम हुनुभएको थियो भने द्वितीय हिमाल परिया जनप्रिय मावि सिमलचौर, तृतीय सदिक्षा अधिकारी विन्ध्यवासिनी मावि बाटुलेचौर र सान्त्वना मिसन भुजेल इन्द्रराज्य लक्ष्मी मावि लामाचौर रहेका छन् । प्रतियोगिताको निर्णायकमा मणिराज परियार र मित्रलाल पौडेल रहनुभएको विद्यालयका प्रअ बोधराज पौडेलले बताउनुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रअ प्रदीप खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षकद्वय ढकबहादुर पुन र मन्जु रिजाल बास्तोलाले संयुक्त रुपमा गर्नुभएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...