रास्वपाद्धारा कास्की–२ को वडा २० मा सम्प्रर्क कार्यलय स्थापना

पोखरा माघ  ।आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्प्रर्क कार्यलय स्थापना गरिएको छ ।


बुधबार एक कार्यक्रमको आयोजना गरि वडा २० मा सम्प्रर्क कार्यलय स्थापना गरिएको रास्वपा कास्की क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ । रास्वपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा उक्त कार्यलय स्थापना गरिएको हो ।

 

सम्प्रर्क कार्यलय स्थापनाको अवसरमा निर्बतमान सांम्सद शिव नेपाली,केन्दीय सदश्य मोहन जङ्ग थापा, रास्वपा नेता एबम पुर्व मन्त्रि कुमार खडका,उमेदवार उत्तम पौडेल,निर्वाचन कमान्डर दिपेन्द्र पोख्रेल लगाएत केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा उमेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् । यसै बिच उम्मेदवार पौडेलले निरन्तर क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...