नेका कास्कीद्धारा बास्तोलाको पूर्ण स्वास्थ्यलाभको कामना

पोखरा । नेपाली काँग्रेस कास्कीले क्षेत्र नं. २ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव बास्तोला ‘मधु’ को पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सोमबार एक प्रेश विज्ञप्ति प्रकाशित गरी निर्वाचन अभियानका क्रममा सिँढीबाट लडेर बायाँ हातमा चोटलागि हाल मनिपाल शिक्षण अस्पतालमा उपचारार्थ रहेका बास्तोलाको स्वास्थ्य लाभाको कामना गरेका हुन् ।

 

‘उहाँको स्वास्थ्यको खबर सुनेर नेपाली काँग्रेस दुःखी बनेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईं चाँडै स्वस्थ हुनुहुनेछ र पुनः सक्रिय भूमिकामा फर्कनुहुनेछ।’ बास्तोलाको संघर्ष र समर्पण सधैं पार्टीलाई प्रेरणा बनेको बताउँदै यस कठिन घडीमा पार्टी सधै साथमा रहेको विज्ञप्तिमा जनाईएको छ । बास्तोलाको बायाँ हातको सोमबार नै सफल शल्यक्रिया गरिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...