पाेखरा १ का वडा अध्यक्ष सहित राष्ट्रिय मावि व्यवस्थापन समितिका सबैले‌ पाए सफाइ

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १ स्थित टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा निजी विद्यालयलाई भाडामा दिने निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा आरोपितहरूले सफाइ पाएका छन्।


अख्तियारले दायर गरेको उक्त मुद्दामा विशेष अदालतले आज फैसला सुनाउँदै सबै आरोपितलाई दोषमुक्त गरेको हो।
राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जग्गा अञ्जुली बोर्डिङ स्कुललाई भाडामा दिने निर्णयविरुद्ध उजुरी परेपछि अख्तियारले छानबिन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

विशेष अदालतका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शहारा प्रधानसहित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू सबैले सफाइ पाएका छन्।अदालतले निर्णय गर्दा आरोप पुष्टि हुन नसकेको ठहर गरेको जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...