मादक पदार्थ सेवन गरी स्कूल बस चलाउने ५ चालक नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले मादक पदार्थ सेवन (मा.प.से.) गरी स्कूल बस चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ।


जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने स्कूल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासो व्यापक रूपमा आएपछि मिति २०८२ फागुन ४ गते बिहान करिब ९:३० बजे विशेष चेकजाँच गरिएको थियो।

 

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट ट्राफिक प्रहरीसमेत खटिएको संयुक्त टोलीले स्कूल बस चालकहरूको मा.प.से. परीक्षण गरेको थियो।
चेकजाँचका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेका चालकहरू यस प्रकार छन्:

१. माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक पोखरा महानगरपालिका–१५ बस्ने ३३ वर्षीय आनन्द परियार

२. कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बस चालक पोखरा महानगरपालिका–५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङ

३. बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक पोखरा महानगरपालिका–१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ।
४. अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक पोखरा महानगरपालिका–१६ बस्ने ४८ वर्षीय डम्बरबहादुर गुरुङ।

५. एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चालक पोखरा महानगरपालिका–१० रामबजार बस्ने ४७ वर्षीय पदम विक

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै यस्ता चेकजाँचलाई निरन्तरता दिइनेछ।

प्रहरीले विद्यालय प्रशासन तथा सवारी चालकलाई जिम्मेवार र सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...