मापसे सेवन गरी स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा

पोखरा, ५ फागुन — जिल्ला प्रहरी कार्यालय, कास्कीले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको आरोपमा पाँच जना चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका स्कुल बसका चालकहरूले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको भन्ने जनगुनासोका आधारमा आज बिहान करिब ४:०० बजे विशेष चेकजाँच गरिएको थियो। प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट ट्राफिक प्रहरीसमेत खटिएको टोलीले स्कुल बस चालकहरूको चेकजाँच गर्दा पाँच जनामा मादक पदार्थ सेवन गरेको पुष्टि भएको हो।

 

नियन्त्रणमा परेकामध्ये श्री रत्न ज्योति बोर्डिङ स्कुलको ग १ क ५९६२ नम्बर बसका चालक पर्वत घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने ४२ वर्षीय गोविन्द क्षेत्री रहेका छन्। त्यसैगरी KEF सेकेन्डरी स्कुलको ग १ क ४७६३ नम्बर बसका चालक पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने ४५ वर्षीय सर्वजित रेग्मी, श्री गुरुकुल विद्याश्रम बोर्डिङ स्कुलको ग १ क १९५७ नम्बर बसका चालक पर्वत घर भई हाल पोखरा–९ बस्ने ४७ वर्षीय दलबहादुर सुनार, इमानुयल बोर्डिङ स्कुलको ग १ क ५००८ नम्बर बसका चालक चितवन रत्ननगर–११ घर भई हाल पोखरा–९ नयाँबजार बस्ने ४७ वर्षीय मनबहादुर तामाङ तथा श्री गण्डकी बोर्डिङ स्कुलको ग १ क ६६२३ नम्बर बसका चालक म्याग्दी घर भई हाल पोखरा–१९ लामाचौर बस्ने ३० वर्षीय रोनिश खनाल रहेका छन्।

 

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार विद्यालयका सवारी साधनमा निगरानीलाई निरन्तरता दिइने र बालबालिकाको सुरक्षामा कडाइ गरिनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...