आयाेजक सहारालाइ आहा राराकाे उपाधि,उत्कृष्ट खेलाडी बने मुकुन्द

एकराज गिरी/ पाेखरा ।आयाेजक सहाराले दाेश्राे पटक आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे उपाधि जित्दा जावलाखेल उपविजेतामै सिमित बनेकाे छ । १४ वर्षपछि उपाधि भिडन्तमा पुगेकाे जावलाखेल फेरी निरास बन्याे ।

शनिबार पाेखरा रंगशालाकाे‌ फुटबल मैदानमा सहाराले जावलाखेललाइ २-० काे फराकिलाे अन्तरले पाखा लगाउदै १३ वर्षपछि उपाधिमाथि कब्जा जमाइदै २५ औं रजतजयन्तीकाे उपहार स्वरुप आफ्ना समथर्कलाइ खुशि दियाे ।विजेता सहाराले १४‌लाख,ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता जावलाखेलले ७ हजार,ट्रफि र मेडल प्राप्त गर्याे ।

 

पाेखराकाे‌ मैदानमा जावलाखेलले यस पटक पनि उपाधि विहिन बन्याे । १४ वर्षपछि उपाधि उचाल्ने लक्ष्यमा आयाेजक बाधक बनेपछि उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो । १४ वर्ष अघि पनि जावलाखेल मनाङ मस्र्याङ्दी क्लबसँग फाईनलमा २—० गोलले नै पराजित भएको थियो । त्यही नतिजामा २५ औं संस्करणमा पनि सहारासंग पराजित बन्याे ।

 

सहाराले नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दीलाई क्र्वाटरफाईनल र सेमिफाईनलमा सडन डेथमा पराजित गर्दै फाइनल पुगेकाे हाे ।आजकाे फाईनल खेलमा सहाराले पहिलो हाफ र दोस्रो हाफमा गोल गर्दै उपाधि आफ्नाे पाेल्टामा पार्न सफल भयाे ।प्लयेर अफ दि म्याच सहाराका कप्तान शुशिल लामाको दुवै गोलको लागि महत्वपूर्ण भुमिका रहयाे । पहिलो गोल दोस्रो कर्नरबाट सम्भव बन्यो । २५ औं संस्करणको उपाधिको लागि सहाराले २५ औं मिनेटमा पाएको कर्नरलाई सदुपयो गर्यो । शुशिल लामाको कर्नर बललाई सहारा एकेडेमीका उत्पादन मुकुन्दकुमार निउरेले उत्कृष्ठ हेड गरेको बल गोलमा परिणत भएपछि अग्रता लियो ।

 

दोस्रो गोल खेलको ७३ औं मिनेटमा उनै कप्तान शुशिल लामाले क्रस गरेको बल अग्ला कदका डिफेण्डर टाय डिनियल बादारुले ओभरल्यापमा गएर गरेको हेडिङ पोष्टको दिशा लिएपछि सहारालाई १३ वर्षपछि उपाधि दिलायाे । खेलको ८ औं मिनेटमा सहाराका विक्की चामलिङ राईले पेनाल्टी बक्सभित्रबाट हानेको बल क्रसबार भन्दा माथिबाट बाहिरिएको थियो । जावलाखेलले खेल अवधिमा खासै गोलको लागि अवसर सृजना गर्न सकेन् ।
जितपछि सहाराका प्रशिक्षक शुसिल तामाले खेलाडीले राम्राे खेल खेलेकाले जितेकाे बताए ।जावलाखेलका प्रशिक्षक शुसिल श्रेष्ठ आफ्ना भर पर्दा खेलाडीले सेमिफाइनलमा रेडकार्ड खाएकाले अभाव खडकिएकाे बताए ।

 

विधागत उत्कृष्ट पुरस्कार

सहाराले रजत जयन्तीको च्याम्पियसिप ट्रफीसहित नगद १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता जावलाखेलले नगद ७ लाख १ हजार रुपैयाा प्राप्त गरेको छ ।

 

उत्कृष्ट डिफेन्सबाट सहाराका बादारु घोषित भए । सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदीयमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राईकर जावलाखेल युथका देबेन्द्र कुँवर, गोलकिपर सहाराका टिकेन्द्र थापा, मिडफिल्ड जावलाखेलका बाउबकर सिसिको, फेयर प्ले आभा फुटबल क्लब उज्वेकिस्तान घोषित भए ।

 

घोषित खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्लेयर अफ दि टुर्नामेन्ट मुकुन्द्रकुमार निउरे बने । उनले टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...