एकराज गिरी/पोखरा, २१ फागुन ।कास्कीमा ६० हजार मत खसिसकेको छ । यो कुल मतदाताको झण्डै २० प्रतिशत हुन आउँछ ।

जसअनुसार पुरुष मतदाता ३१ हजार २६९ र महिला मतदाता २९ हजार ६६१ जना तथा अन्य मतदाता १ जनाले भोट खसालेका हुन् ।
कास्कीमा मतदाता संख्या कुल ३ लाख ८ हजार ५७२ जना छन् । तीमध्ये २ हजार ८६१ जना अस्थायी मतदाता हुन् ।
जिल्लामा १५३ मतदानस्थलका २ अस्थायीसहित कुल ३६५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् ।