कास्की-२ मा रास्वपाका उत्तमप्रसाद पौडेलको जित सुनिश्चित

कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेलको जित सुनिश्चित
पोखरा ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल को जित लगभग सुनिश्चित भएको छ।

हालसम्मको मतगणनामा पौडेलले २५ हजार १३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मी आचार्यले ६ हजार ३२० मत प्राप्त गरेका  छन्।

 

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कूल ५२ हजार ७३६ मत खसेकोमध्ये हालसम्म ४१ हजार ५४१ मत गणना भइसकेको छ। अब ११ हजार १९५ मत मात्र गणना हुन बाँकी रहेको छ।

 

हाल पौडेल १८ हजार ८१७ मतले अगाडि रहेकाले बाँकी मत गणना हुँदा पनि परिणाम उल्टिने सम्भावना नरहेको र उनको विजय सुनिश्चित भएको बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...