पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्की जिल्ला कमिटीका सल्लाहकार खगराज आचार्य ले आफ्नो पदबाट राजीनामा दिएका छन्।

पोखरा महानगरपालिका–२१ निवासी आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली को निर्वाचन पराजयपछि पनि नेतृत्वबाट तत्काल राजीनामा नदिएको भन्दै असन्तुष्टि जनाउँदै सल्लाहकार पदबाट राजीनामा दिएको सार्वजनिक गरेका हुन्।
उनले जारी गरेको पत्रमा अध्यक्ष ओलीको हारलाई “लज्जास्पद हार” भन्दै त्यसपछि पनि नैतिक जिम्मेवारी नलिएको उल्लेख गरेका छन्। सोही कारणले आफूले आजकै मितिबाट लागू हुने गरी एमाले कास्की जिल्ला कमिटीको सल्लाहकार पदबाट राजीनामा दिएको जानकारी गराएका छन्।
आचार्यले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा आफ्नो निर्णयबारे सार्वजनिक जानकारी गराउँदै धन्यवादसमेत व्यक्त गरेका छन्।उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ।