भावनात्मक प्रतिक्रिया भन्दा गम्भीर समीक्षा गरौँ : एमाले सचिव अधिकारी

पाेखरा ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीभित्र आवेग र उत्तेजनामा आधारित नकारात्मक प्रतिक्रिया दिन नहुने बताएका छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेख्दै‌ कुनै पनि राजनीतिक पार्टी नीति, विधि र त्यसकै आधारमा नेतृत्व निर्माण गर्दै अघि बढ्ने बताउँदै भावनात्मक प्रतिक्रिया भन्दा पनि गम्भीर समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे।

 

“कुनै पनि पार्टी नीति र विधिको आधारमा नेतृत्व निर्माण गर्दै परिचालित हुन्छ। आवेग र उत्तेजनामा आएर नकारात्मक प्रतिक्रियामा रमाउने होइन,” उनले भने।

 

अधिकारीले देश अन्योलमा पर्न नदिन सबैले जिम्मेवार भएर सोच्नुपर्ने पनि उल्लेख गरे। उनले नेतृत्वको आलोचना वा आत्मभर्त्सनामा मात्र रमाउने भन्दा पनि तलैबाट गम्भीर समीक्षा गर्दै आगामी कार्यभार स्पष्ट रूपमा तय गर्नुपर्नेमा जोड दिए।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...