पाेखरा ।पूर्व शिक्षामन्त्री बिद्या भट्टराईले कम्युनिस्ट आन्दोलनमा दर्शन, सिद्धान्त र व्यवहारको महत्त्व रहेको बताउँदै वर्तमान परिणामबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएकी छन्।

उनले कम्युनिस्ट परिवर्तनको पक्षधरता सधैं दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुने मान्यता भए पनि सोही अनुसार कम्युनिस्ट पार्टीहरू सञ्चालन हुन नसक्दा आजको अवस्था आएको धारणा व्यक्त गरिन्।
भट्टराईले विगतका कार्यशैली र व्यवहारगत त्रुटिहरूको वस्तुगत समीक्षा गर्दै रचनात्मक संवादमार्फत आगामी दिनको यात्रा सकारात्मक बनाउनुपर्नेमा जोड दिएकी छन्।