डा. महावीर पुनमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

पोखरा  ।कास्की प्रहरीले  डा. महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ फागुन २५ गते पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा डा. पुनसहितको टोलीले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए।

 

 

उक्त घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गरी संलग्न व्यक्तिको खोजी थालेको थियो।
अनुसन्धानका क्रममा घटनामा संलग्न पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङलाई प्रहरीले फागुन २८ गते पोखरा–९ महेन्द्रपुलबाट पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार पक्राउ परेका गुरुङ यसअघि पनि तीन पटक लागुऔषध मुद्दामा सजाय पाइसकेको प्रहरी अभिलेखबाट खुल्न आएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...