हृदयघातबाट निधन भएका थापा को हुन् ?

पोखरा – नेकपा एमालेका वरिष्ठ नेता, गण्डकी प्रदेश सभा सदस्य र पोखरा महानगरपालिकाका पूर्व प्रमुख कृष्णबहादुर थापा आज निधन भएको छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहेका थापाले विद्यार्थी आन्दोलनदेखि प्रदेशसभा सदस्यसम्मको यात्रा तय गर्दै नेपाली राजनीतिमा विशेष योगदान पुर्‍याउनुभयो।


उहाँको जन्म पोखरा महानगरपालिका, वडा नम्बर १६, बाटुलेचौरमा भएको थियो। पिता खिमबहादुर थापा र माता सुकमाया गुरुङ थापाका छोरा प्रतिक थापासँगै उहाँको परिवार अहिले शोकमा छ।
कृष्ण थापाले आफ्नो राजनीतिक जीवनको शुरुवात २०४१ सालमा तत्कालिन नेकपा (माले) मा सदस्यता लिएर गर्नु भएको थियो।

 

उहाँ उपत्यका नगर विकासको अध्यक्ष, पोखराउपमहानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सभा सदस्य र नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य रहनु भएको थियो।

 

उहाँको राजनीतिक दृष्टिकोण वैज्ञानिक भौतिकवाद र मार्क्सवादमा आधारित थियो। विद्यार्थी आन्दोलनदेखि जनआन्दोलनसम्म सक्रिय भूमिका निर्वाह गर्नुका साथै उहाँले नेपालमा वैज्ञानिक समाजवाद निर्माण गर्ने लक्ष्य राख्नु भएको थियो।

 

२०४३ मंसिरदेखि २०४६ पुससम्म तत्कालिन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा जेलमा २९ महिना जेल जीवन बिताउनु भएको थियो।उहाँको निधनले नेपाली राजनीतिमा एक अनुभवी र आदर्श नेता गुमाएको छ।

 

व्यक्तिगत जीवन:
उहाँको जन्म पोखरा महानगरपालिका, वडा नं. १६, बाटुलेचौरमा २०१६ चैत १६ मा भएको थियो। पिता खिमबहादुर थापा र माता सुकमाया गुरुङ थापा। श्रीमती डिकी छिरिङ्ग थापा र छोरा प्रतिक थापासँगै उहाँको परिवार अहिले शोकमा छ।

 

शैक्षिक योग्यता:
सि.एम.ए – चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेत
वि.एड – पृथ्वीनारायण क्याम्पस
साहित्य/कृति प्रकाशन: स्वीकृति
भाषा ज्ञान: नेपाली, अंग्रेजी, हिन्दी

राजनीतिक जीवन:
उहाँले २०४१ भदौ २९ गते तत्कालिन नेकपा (माले) मा सदस्यता ग्रहण गर्नुभयो। राजनीतिक यात्रा यस प्रकार रही:
२०५१ – उपत्यका नगर विकास अध्यक्ष
२०५४ – पोखरा उपमहानगरपालिका प्रमुख
२०७१ – राष्ट्रिय ताल समिती सदस्य
२०७४ – गण्डकी प्रदेश सभा सदस्य
नेपाल नगरपालिका संघ केन्द्रीय सचिवालय सदस्य (२०५५–२०७३)

छोटो राजनीतिक इतिहास:
२०३५–३६ – विद्यार्थी आन्दोलन
२०३७ – अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी सदस्य
२०३८ – एकताको पाँचौं राष्ट्रिय सम्मेलन प्रतिनिधि
२०३९–४० – चिकित्सा शास्त्र अध्ययन संस्थान सुर्खेत स्ववियु सह-सचिव
२०४०–४१ – अखिल नेपाल चिकित्सा सहायक संघ संस्थापक सचिव
२०४१ – अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष
२०४३ – जनपक्षीय चुनाव परिचालन कमिटी संयोजक
२०४६ – जनआन्दोलन वाममोर्चा गण्डकी सदस्य
२०४६–४८ – अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य
२०४८ – जन सांस्कृतिक मंच पोखरा संस्थापक नगर अध्यक्ष
२०४९ – नेकपा एमाले जिल्ला कमिटी कास्की सचिवालय सदस्य
२०५२ – नेकपा एमाले प्रथम नगर अधिवेशनबाट निर्वाचित सचिव
२०६५ – नेकपा एमाले कास्की सचिव
२०७० – नवौं कास्की जिल्ला कमिटी अध्यक्ष

वैदेशिक भ्रमण:
बंगलादेश, भारत, सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, कम्बोडिया, भियतनाम, जापान, दक्षिण कोरिया, ईरान, बहराइन, कतार, चीन, अमेरिका, बेलायत, बेल्जियम, जर्मनी

राजनीतिक दृष्टिकोण:
वैज्ञानिक भौतिकवाद, मार्क्सवाद
लक्ष्य: नेपालको विशेषतामा आधारित वैज्ञानिक समाजवाद निर्माण
आदर्श व्यक्तित्व: कार्ल मार्क्स, मदन भण्डारी, अब्राहम लिंकन
जीवनशैली: सादा जीवन

जेल जीवन:
२०४३ मंसिरदेखि २०४६ पुससम्म तत्कालिन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा जेलमा २९ महिना

समाजमा योगदान:
उहाँले विद्यार्थी आन्दोलनदेखि प्रदेशसभा सदस्यसम्मको यात्रा गर्दा जनता र पार्टी दुवैतर्फ योगदान पुर्‍याउनुभयो। स्थानीय विकास, सामाजिक न्याय र राजनीतिक सुधारमा सक्रिय भूमिका निभाउनु भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...