अपाङ्गता स्वाबलम्बन विकास संघ नेपालद्वारा संस्थागत रणनीति विकास कार्यक्रम सम्पन्न

पाेखरा ।अपाङ्गता स्वाबलम्बन विकास संघ नेपाल (DIDA) द्वारा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक सशक्तीकरणलाई केन्द्रमा राख्दै पैरवी तथा संस्थागत रणनीति विकास कार्यक्रम आयोजना गरिएको छ।

 

“सबैका लागि मानव अधिकार, सबै सेवा र संरचना पहुँचयुक्त पूर्वाधार, दिगो विकास प्रणाली तथा न्यायमुखी समाज निर्माण” भन्ने नारासहित सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको स्वावलम्बी जीवन पद्धतिमा देखिएका अवरोधहरूको विश्लेषण गर्दै संस्थाको समग्र विकासका सम्भावना, अवसर र चुनौतीबारे छलफल गरिएको थियो।

 

कार्यक्रमका संयोजक दीपक तिमिल्सीना रहेका थिए भने प्रमुख अतिथि तथा प्रशिक्षक छवि गौडेल रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा गिरधारी सुवेदी  सहभागी हुनुभएको थियो। कार्यक्रमको सहजीकरण लोकबहादुर गुरुङ ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव दण्डपाडी ढकालले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न अपाङ्गता क्षेत्रबाट करिब २० जना सहभागीको उपस्थिति रहेको थियो। सहभागीहरूले संस्थाको विकासका सम्भावना, अवसर र चुनौतीका विषयमा समूहगत छलफल गरेका थिए।

 

कार्यक्रम अन्तर्गत सहभागीहरूलाई ६० मिनेटको गृहकार्य र ३० मिनेटको प्रस्तुतीकरण समेत गराइएको थियो। सो क्रममा संस्थाको विकासका लागि हालसम्म गरिएका गतिविधि, संस्थाले प्रदान गर्दै आएका वस्तु तथा सेवाहरू, संस्थागत अपनत्व र सुशासनका विषयमा समीक्षा गरिएको थियो।

 

यसैगरी संस्थाको दूरदृष्टि, लक्ष्य, मूल्य–मान्यता तथा कार्यसम्पादन सूचकहरू निर्धारण गर्ने विषयमा पनि छलफल भएको थियो। कार्यक्रममा संस्थाको समग्र विकासका लागि आवश्यक मुख्य रणनीतिहरू तय गर्ने तथा अहिलेसम्म अपेक्षित विकास हुन नसक्नुका चुनौती, बाधा र अवरोधहरू पहिचान गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

 

आयोजकका अनुसार यस कार्यक्रमले आगामी दिनमा संस्थालाई थप प्रभावकारी बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...