
मन्त्रालयले हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याई हालसम्म ९४ जनालाई आश्रय प्रदान गरेको छ । तीमध्ये ४६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने बाँकीले सुरक्षित आवाससहित मनोवैज्ञानिक सहयोग पाइरहेका छन्। साथै, बागलुङ, पर्वत, म्याग्दी, लमजुङ, गोरखा, स्याङ्जा, तनहुँ र नवलपुर जिल्लामा अल्पकालीन सेवा केन्द्र सञ्चालनमा रही तत्काल उद्धार र संरक्षण सेवा उपलब्ध गराइँदै आएको उनले जानकारी गराए ।
सीप विकासतर्फ कास्की र पर्वतमा सयौं युवालाई तालिम प्रदान गरिएको छ। कास्कीमा २८७ र पर्वतमा २४० जनाले तालिम सम्पन्न गरिसकेका छन् भने थप सयौं प्रशिक्षार्थी तालिममा संलग्न छन्।
मन्त्रालयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, भाषा, संस्कृति, श्रम तथा रोजगार लगायतका क्षेत्रमा समग्र सामाजिक विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।