काठमाडौँ । नेपालले आज विश्वमै हाल कार्यरत प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा कान्छा नेताका रूपमा बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउँदैछ। उनी नेपालमा गणतन्त्र स्थापनापछिका सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्ने भएका छन्।

३६ वर्षीय शाह केही आशंका र आलोचनाबीच व्यापक जनविश्वासका साथ देशको नेतृत्वमा पुग्दैछन्। नयाँ पुस्ताका प्रतिनिधि मानिएका उनीप्रति युवापुस्ताको ठूलो अपेक्षा रहेको छ।
शपथ ग्रहण समारोह आज दिउँसो १२ः३४ बजेका लागि तय गरिएको छ। समारोहलाई विशेष बनाउन ७ वटा शंखनाद, १०८ जना बटुकबाट स्वस्ती वाचन तथा ८ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रम राखिएको छ।
यो अनौठो र सांस्कृतिक रूपमा समृद्ध शपथ ग्रहण शैलीलाई विश्व समुदायले आ-आफ्नै ढंगले व्याख्या र विश्लेषण गर्ने अपेक्षा गरिएको छ।नव नियुक्त प्रधानमन्त्री शाहलाई देशभरबाट बधाई तथा शुभकामनाहरू व्यक्त भइरहेका छन्।