बालेन्द्रसंग ज्ञानेन्द्रकाे अनुराेध: चर्चित भ्रष्टाचार प्रकरणकाे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही

पाेखरा ।सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको सपथ ग्रहण गर्न लागेका बालेन्द्र शाह लाई राम नवमी को सन्दर्भमा भावनात्मक सन्देश दिँदै देशमा नयाँ आशा पलाएको बताएका छन्।


उनले आजको दिन केवल धार्मिक महत्वको मात्र नभई, युवाको नेतृत्व उदाउँदै गर्दा नेपालका लागि परिवर्तनको सम्भावना बोकेको उल्लेख गरे।

 

शाहीले २०७६ साल जेठ १५ र असोज ११ का घटनाहरू स्मरण गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा सुर्खेत र चितवनमा आफूमाथि ज्यानै जाने गरी हमला भएको दाबी गरे। संसद सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म निरन्तर आवाज उठाउँदा पनि कार्यान्वयन हुन नसकेकोमा उनले गुनासो व्यक्त गरे।

 

उनले अब भने आशा जागेको बताउँदै विभिन्न चर्चित भ्रष्टाचार तथा अनियमितताका प्रकरणहरू—लाउडा जहाज, वाइडबडी जहाज खरिद, सुडान घोटाला, ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, सहकारी ठगी, टेरामक्स, मेलम्ची आयोजना, एनसेल लगायत—को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखे।

साथै, उनले बालेन्द्र शाह लाई सत्य र न्यायको मार्गमा अघि बढ्न आग्रह गर्दै भगवान राम जस्तै दृढ रहनुपर्ने उल्लेख गरे।
उनले अन्याय र भ्रष्टाचारको बाटो नअँगाल्न सुझाव दिँदै देशमा सुशासन स्थापना हुने आशा व्यक्त गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...