पोखरा । भारतका प्रधानमन्त्री नरेन्द्र माेदिले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाइ हार्दिक बधाई दिएका छन्।

मोदीले आफ्नो सन्देशमा बालेनको नियुक्तिले नेपाली जनताको नेतृत्वप्रतिको विश्वास झल्किएको बताएका छन्। उनले बालेनको सफल कार्यकालको कामना गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा मिलेर काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।
उनले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउँदै दुबै देशका नागरिकको हितका लागि सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
बालेन प्रधानमन्त्री नियुक्त भएपछि अन्तर्राष्ट्रिय तहबाट बधाई सन्देश आउने क्रम जारी रहेको छ।