अध्यक्ष ओली रिहाइको माग गर्दै एमालेले‌ विरोधपत्र बुझाउने

पाेखरा । नेकपा एमाले ले आफ्ना अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आज (चैत १५) देशव्यापी विरोध कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष विरोधपत्र बुझाउने निर्णय गरेको हो।

एमालेका सचिव महेश बस्नेत का अनुसार आज मध्याह्न १२ बजे देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा प्रदर्शनसहित विरोधपत्र बुझाइनेछ। पार्टीले आफ्ना नेता पक्राउ गरिएको विषयलाई “राजनीतिक प्रतिशोध” भन्दै यसको कडा विरोध गर्दै आएको छ।

अध्यक्ष ओलीसँगै नेपाली कांग्रेसका नेता रमेश लेखक लाई पनि चैत १४ गते पक्राउ गरिएको थियो। उनीहरूलाई  “जेनजी आन्दोलन” मा भएको दमनसँग सम्बन्धित आरोपमा नियन्त्रणमा लिइएको जनाइएको छ।

पक्राउपछि अस्वस्थ भएका ओलीलाई हाल त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेको स्रोतले जनाएको

 

पक्राउ परेका ओली र लेखकलाई आज जिल्ला अदालत काठमाडौं मा उपस्थित गराइने तयारी छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...