पूर्व उर्जामन्त्री दिपक खड्का पक्राउ

काठमाडौं, १५ चैत । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काँग्रेस नेता एंव पूर्व उर्जामन्त्री दिपक खड्कालाई पक्राउ गरेको   छ। उनीमाथि स्काउटको सार्वजनिक जग्गा हडपेर लामो समयदेखि अवैध रूपमा कब्जा गरेको, भाडा नतिरेको र अदालतको आदेशसमेत उल्लङ्घन गरेको आरोप छ।

खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि ले काठमाडौंको लैनचौरमा रहेको स्काउटको केन्द्रीय कार्यालय परिसरमा पर्ने करिब तीन रोपनी जग्गा भाडामा लिएको थियो। सम्झौता अनुसार १० वर्षका लागि भाडामा लिए पनि २०७५ सालमै उक्त सम्झौता सकिएको थियो।

 

त्यसपछि पनि खड्काको कम्पनीले राजनीतिक शक्ति र प्रभावको आडमा जग्गा खाली नगरी हडपेर राखेको, नियमित भाडा नतिरेको र अदालतको पटक–पटकको आदेशलाई समेत अटेर गरेको आरोप लाग्दै आएको छ। स्काउटले बारम्बार भाडा चुक्ता गर्न र जग्गा खाली गर्न सूचना जारी गर्दा पनि खड्का पक्षले मानेको थिएन।

 

यो विवाद जेनजी आन्दोलनका बेला खड्काको निवासमा भएको आगजनी र त्यससँग जोडिएको भाइरल भिडियोपछि थप चर्किएको थियो। उक्त घटनामा ’पैसा उडेको’ दाबीसँगै सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेको बताइएको छ।

 

पूर्वमन्त्री खड्काले आफ्नो राजनीतिक पहुँचको बलमा स्काउट जस्तो सार्वजनिक संस्थाको जग्गा वर्षौंसम्म कब्जा गरेर राखेको र लाखौं रुपैयाँको भाडा बक्यौता राखेको आरोप छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...