सात दिन भित्र निर्वाचन गर्न एन्फालाई फिफाको पत्र

काठमाडौँ, चैत २२ गते । अखिल नेपाल फुटबल सङ्घ एन्फा लाई सात दिन भित्र निर्वाचन गर्न विश्व फुटबल महासङ्घ फिफा र एसियाली फुटबल महासङ्घले पत्र पठाएको छ ।फिफा र एएफसीले निर्वाचन सुनिश्चित नभए निलम्बन प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिएको छ । फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषद् राखेप ले एन्फालाई गरेको तीन महिनाको निलम्बन सरकारी हस्तक्षेपको रुपमा समेत लिएको छ ।

पत्रमा भनिाएको छ ,‘‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको सात दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुनस् सुरु गरेर लिखित रुपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्न फिफा काउन्सिलमा पेस गरिनेछ,’’ पत्रमा उल्लेख छ ।

 

यसअघि चैत १३ गतेका लागि तय भएको एन्फाको ‘अर्ली इलेक्सन’ स्वीकृतिविना नै गर्न लागेको भन्दै राखेपले गत चैत १२ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो ।निलम्बनपछि एन्फाले झापामा तय गरेको निर्वाचन बिचैमा रोकेको थियो । राखेपले एन्फालाई क्लब, जिल्ला, प्रदेशहुँदै तहगत निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्न निर्देशन समेत दिँदै आएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...