पोखरामा महिला पत्रकारका लागि डिजिटल साक्षरता तालिम सुरु

पोखरा । पोखरामा महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले डिजिटल साक्षरता तालिम सुरु भएको छ । २०७९ सालमा स्थापित प्रेस क्लब गण्डकीको आयोजना तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा “पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि कार्यक्रम तथा डिजिटल साक्षरता तालिम”  सुरु भएकाे छ ।


तीन दिनसम्ताम संचालन हुने तालिमकाे‌ उद्घाटन प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य भीमकुमारी पुनले गर्नु भयाे । उहाँले यस्ता कार्यक्रमले सञ्चारकर्मीहरूलाई मानव अधिकार संरक्षण, सामाजिक न्याय प्रवर्द्धन तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न थप सक्षम बनाउने बताउनुभयो । उहाँले यस्ता तालिमले समाजमा विद्यमान विभेद र अन्याय न्यूनीकरण गर्दै समानतामूलक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो ।


उहाँका अनुसार सत्य, तथ्य र यथार्थमा आधारित समाचार सम्प्रेषणका लागि पनि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।


तालिममा प्रेस काउन्सिल सदस्य तथा पत्रकार केशवशरण लामिछानेले “महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६” सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै, समाधान दैनिकका प्रधान सम्पादक तथा पत्रकार भरत कोइरालाले पत्रकारको भूमिका र मिडिया साक्षरताका विषयमा प्रस्तुति दिनुभयो ।

 

प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो । कार्यक्रम सञ्चालन सचिव गौरव त्रिपाठीले गर्नुभएको थियो ।

 

तालिममा विभिन्न सञ्चारगृहमा आबद्ध करिब ४० जना महिला सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...