सृजना हत्या आराेपमा भाञ्जा र ज्वाई पक्राउ

पोखरा, १ वैशाख । पोखराको व्यस्त बजार क्षेत्रमा साँझपख धारिलो हतियार प्रहार गरी एकल महिला सृजना पौडेल केसीको ज्यान लिने घटनामा संलग्न थप दुई जना आफ्नै भाञ्जा र ज्वाईलाई प्रहरीले पक्राउ गरेको छ ।

सिर्जनालाई खुँडा प्रहार गर्ने सन्तोषका सहोदर भाइ पोखरा–५, जिरोकिमी बस्ने २४ वर्षीय बसन्त केसी र आफ्नै ज्वाई पर्वत फलेवास नगरपालिका वडा नं. ९ भंगारा स्थायी घर भई हाल पोखरा–१६, लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । हत्यामा संलग्न सन्तोषलाइ आफ्नै भाइ बसन्त र भाञ्जा नवराजले पोखराबाट भाग्ने क्रममा सहयोगीको भूमिका खेलेको भन्दैं प्रहरीले थप दुबैजनालाई पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, गत चैत २५ गते साँझ ७ः१५ बजे पोखरा महानगरपालिका वडा नं. ८ सभागृह चोक नजिक शिवालय चोकस्थित पोखरा–बाग्लुङ सडक खण्डमा मासु पसल बन्द गरेर पैदल घर फर्किँदै गरेकी ४२ वर्षीया सृजना पौडेल केसीमाथि पछाडिबाट खुडा प्रहार गरिएको थियो ।

 

टाउकोमा भएको प्रहारले टाउकाको भित्री भागसमेत बाहिर निस्कने गरी घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज पु¥याइए पनि राति ८:१८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...