पाेखरा ।नेपाल दशनामी समाज स्याङ्जाको तेस्रो अधिवेशन आज सम्पन्न भएकाे छ ।अधिवेशनले हिमलाल पुरीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

समाजकाे उपाध्यक्षद्वयमा टेकनाथ पुरी र कोपिला गिरी चयन भएका छन्। सचिवमा ईमनत्य पुरी, सह–सचिवमा हरिकृष्ण गिरी तथा कोषाध्यक्षमा रेनुका गिरी (भारती) चयन भएका छन ।

त्यसैगरी सदस्यहरूमा कृष्ण गिरी, नगेन्द्र पुरी, तुलसी बाँस्कोट, केशव गिरी, बलराम गिरी, श्रीकृष्ण गिरी, परशुराम गिरी (साँतर), रक्षा गिरी, कृष्ण गिरी (बन्दी), गणेश गिरी, जयलाल पटरी, विमला गिरी, रामजी गिरी र भोलानाथ गिरी रहेका छन् । पुतलीबजार नगरपालिका–१४, लामागे खोरबारस्थित गिरी कुल मन्दिर तथा आदि गुरु शंकराचार्य मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हाे ।
अधिवेशनकाे उदघाटन नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तारा गिरीले गरे । कार्यक्रममा उपाध्यक्ष गिरी, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरी, केन्द्रीय सचिव जगत मोहन गिरी, प्रदेश अध्यक्ष मोती गिरी तथा कास्की अध्यक्ष भूपेन्द्र गिरी लगायतले बाेलेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव विशेष्वर गिरीले गरे भने स्वागत मन्तव्य सल्लाहकार तथा निवर्तमान अध्यक्ष चिन्तु गिरीले व्यक्त गरे । । सो अवसरमा सल्लाहकार तुलसी गिरी, रमेश गिरीलगायतले शुभकामना मन्तव्य गरेका थिए ।कार्यक्रम आयोजक समितिका संयोजक हिमलाल पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो।
नवनिर्वाचित कार्यसमितिले समाजको संगठन सुदृढीकरण, सामाजिक एकता अभिवृद्धि तथा सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।