पोखरा । सुकुमबासी बस्तीमा सरकारले धमाधम डोजर चलाएपछि पोखराका सुकुमबासी त्रसित बनेका छन् । त्रसित सुकुमबासीले आज पोखरामा प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । सरकारदे काठमाडौंका सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर घर भत्काएपछि पोखराका सुकुमबासी सडकमा निस्कदै डोजर आतंक बन्द गर्ने सरकारसंग माग गरेका हुन् ।

पोखरा बसपार्कबाट निस्केको सुकुमबारीको र्यालीले जिल्ल प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र पोखरा महानगरका प्रमुख प्रशाकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउदै उचित व्यवस्थापन गरेर मात्रै बस्ती खाली गर्नुपर्ने माग गरे । उनीहरुले डोजर आतंक बन्द गर भन्दै सरकार विरुद्ध नाराबाजी सहित प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा समेत माग गरे सहित उनीहरूले पोखराका सडकमा प्रदर्शन गरे । पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो ।

महानगरपालिका(९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन् । उनीहरूले उचित व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन् ।उनीहरूले पृथ्वीचोकमा र्यालीसहित कोणसभा गरेका थिए । आफूहरूको माग सम्बोधन हुनुपर्ने मागसहित सीडीओमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएका हुन् ।