छात्रवृत्ति प्रवेश परीक्षा सञ्चालन नगर्न लेखा समितिकाे निर्देशन

पाेखरा ।पोखरा महानगरपालिकाले यस वर्ष छात्रवृत्ति प्रवेश परीक्षा सञ्चालन नगर्न आग्रह गरेको छ। महानगरपालिकाको सार्वजनिक लेखा समितिले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कक्षा १२ काे छात्रवृत्ति परीक्षा स्थगित गर्न निर्देशन दिएको हो।

पत्रमा नेपाल सरकारको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार स्रोत सुनिश्चित गरेर मात्र बजेट तथा योजना अघि बढाउनुपर्ने उल्लेख गरिएको छ। अवास्तविक बजेट निर्माण गर्दा आर्थिक दायित्व बढ्ने भएकाले त्यसतर्फ सचेत रहन सार्वजनिक लेखा समिति संयोजक झपट बहादुर रानाभाटले आग्रह गरेका छन्।

 

समितिले माध्यमिक शिक्षा बोर्डबाट एसइई परीक्षाको नतिजा सार्वजनिक भइसकेको अवस्थामा विद्यालयहरूले जीपीएका आधारमा विद्यार्थी भर्ना गर्ने निर्णय गर्दा अभिभावकबाट गुनासा आउने तथा आर्थिक भार बढ्ने अवस्था देखिएको जनाएको छ।
यसै सन्दर्भमा विगत वर्षहरूमा सञ्चालन हुँदै आएको छात्रवृत्ति प्रवेश परीक्षा यस वर्ष सञ्चालन नगर्न तथा आवश्यक प्रक्रिया अघि बढाउन समितिले अनुरोध गरेको छ।

 

संयोजक झपट बहादुर रानाभाटद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ पोखरा महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई समेत दिइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...