पोखरा, जेठ ७ ।पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई बिहीबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो । युवक फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
युवक हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको उद्धार टोली परिचालन गरिएको थियो। टोलीमा विशेषज्ञ गोताखोर तथा विपद् उद्धार टोलीसमेत सहभागी रहेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा राति ३ बजेर ३५ मिनेटमा ती युवकलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले परीक्षणका क्रममा उनलाई मृत घोषणा गरेका