पोखरा महानगरपालिका ले फिर्केखोलाको खोलाघर खाली गर्ने कार्य आइतबारदेखि औपचारिक रूपमा शुभारम्भ गरेको छ । फिर्केखोलाको खोलामा निर्माण गरिएका सबै प्रकारका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने अभियानअन्तर्गत उक्त कार्य सुरु गरिएको नगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

महानगरपालिकाले यसअघि नै खोलाघर खाली गर्न सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई पटक–पटक सूचना जारी गर्दै सचेत गराएको थियो । २०८० साल असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलाघर क्षेत्रमा १६० भन्दा बढी अस्थायी तथा स्थायी संरचनाहरू निर्माण भएको भेटिएको थियो ।
उक्त प्रतिवेदनका आधारमा खोलाको प्राकृतिक बहाव संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि संरचना हटाउने अभियान सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।